परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  २६ मङ्गलबार

  • मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । यो सडक खण्डको गाइघाट, घुमाउने र टोपेमा पहिरो गएकोले मङ्गगलबार बिहानैदेखि सडक अवरुद्ध हुन पुगेको हो ।
  • आज प्रकाशित नेपाल समाचारपत्रका अनुसार नेपालमा २२ लाख नागरिक भूमिहीन अवस्थामा रहेका छन् ।
  • सरकारले नेपाली सेनालाई इन्धन (पेट्रोलियम पदार्थ) ढुवानी गर्ने जिम्मेवारी दिएको समाचार नागरिक दैनिकले छापेको छ ।
  • पटक पटक दलबदल गर्दै मातृदल नेपाली कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारले पुनः पार्टी छाड्ने धम्की दिनुभएको समाचार आज प्रकाशित नेपाल समाचारपत्रमा छापिएको छ ।
  • धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ३८ रूपैयाँ तोकिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
  • नेपाल ट्रष्ट कार्यालयले गरेको प्रारम्भिक मूल्याङ्कन अनसार, आफू मातहत ८७ अर्ब रूपैयाँ बराबरको सम्पत्ति रहेको जनाएको छ । राजा वीरेन्द्र र राजासँग नाम जोडिएका सार्वजनिक सम्पत्ति ट्रष्टअन्तर्गत ल्याइएको छ ।
  • बितेको २४ घण्टा बेलायती सरकारका तीन जना मन्त्रीले एकपछि अर्को गरी राजीनामा दिएपछि टेरेसा मेको नेतृत्वमा रहेको सरकार अप्ठ्यारोमा परेको बीबीसीले जनाएको छ ।
  • कृष्णप्रसाद अधिकारी हत्या काण्डका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेल जेल चलान भए पनि अनसनरत गङ्गामाया अधिकारीले आफूले पूर्ण न्याय नपाएसम्म अनसन नतोड्ने बताउनुभएको छ । अनसन तोडाउन वीर अस्पताल पुगेका सरकारी टोली समक्ष उहाँले यस्तो भनाइ राख्नुभएको समाचार छ ।
  •  थाइल्याण्डको च्याङ राईस्थित एक गुफामा असार ९ गतेदेखि फसेका १२ किशोर फुटबल खेलाडी र एक प्रशिक्षकको सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ ।
  •  नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत प्रा. डा. गोविन्द केसीको माग पूरा नभए देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ भने स्थानीय आमा समूहले सदरमुकाम खलङ्गामा प्रदर्शन गरेको समाचार छ ।
  •  महोत्तरीको जलेश्वरस्थित एक बैंकबाट पैसा झिकेर फर्कने क्रममा एक व्यक्तिबाट १७ लाख २५ हजार लुटिएको खबर छ ।
  •  रौतहटको गढीमाई नगरपालिकाका विभिन्न योजनाको रकम तथा तलब भुक्तानी लगायतका आर्थिक कारोबार होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव लगायत पाँच जना पक्राउ परेका    छन् ।
  •  कान्तिपुर र द काठमाण्डू पोष्टका प्रधान सम्पादकहरू सुधीर शर्मा र अखिलेश उपाध्यायले व्यवस्थापनसँग असहमति जनाउँदै पदबाट राजीनामा दिनुभएको समाचार छ ।
    ड्ड झण्डै चार करोड ठगीको आरोपमा माइ इस्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमिर पक्राउ पर्नुभएको छ ।
  •  बिहानैदेखि सडक अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड अपरान्हदेखि चालु भएको छ ।
Facebook Comments