परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नक्चर्न्सः साङ्गीतिक कथा

 

 

अङ्ग्रेजी भाषमा एउटा शब्द छ ‘नक्चर्नल’ । खासमा यसको व्युत्पत्ति ल्याटिन भाषाको शब्द ‘नक्चर्नलिस’ बाट भएको हो । यसको आशय हो, ‘रात्रिकालीन’ ।
शब्दकोशमा शब्दबारे गरिएको परिभाषामा एउटा गज्जबको लघुताभाष के हुन्छ भने ती परिभाषा ‘आशययुक्त प्रयोजन’ स्पष्ट गर्नमा समर्थ हुन्नन् । जस्तै यही एउटा शब्द ‘नक्चर्नल’, हजुर, ‘रात्रिकालीन’ । तर के तपाईलाई लाग्दैन, रात्रिमा जुन शैथिल्य, निष्क्रियता, (अङ्ग्रेजी भाषामा यसका लागि बडो मनोरम शब्द छ,’Languor’, तन्द्रा, केहीकेही मीठो निराशा, र एक प्रकारको झण्डैभण्डै ‘पोष्टह्यूमस’ डरलाग्दो प्रेतकल्प हुन्छ, त्यसलाई कुनै एक शब्दले किमार्थ पनि सम्बोधन गर्न सक्दैन ।
यही ‘नक्चर्नल’ शब्दबाट ‘नक्चर्न्स’ शब्द बन्यो । ‘नक्चर्न्स’ ‘म्युजिकल कम्पोजिशन’ हो । जस्तो कि नामबाटै स्पष्ट छ, यी साङ्गीतिक धुनहरू रात्रिकालीन मौसम र मनस्थितिलाई उद्दीपन गर्ने सामथ्र्य सम्पन्न    हुन्छन् । अङ्ग्रेजी भाषाका ‘एभोकेटिभ’, ‘पेन्सिभ’, ‘कन्टेम्प्लेटिभ’, ‘पाइग्नेन्ट’ जस्ता शब्दले यस साङ्गीतिक मेलोडीलाई झनै रहस्यमयी बनाइदिन्छन् ।
जस्तो कि हाम्रो साङ्गीतिक परम्परामा छन्– रात्रिको समयमा गाइने र बजाइने राग, जस्तैः ‘खमाज’, ‘बिहाग’, ‘तिलक’, ‘कामोद’, ‘बागेश्री’, ‘शिवरञ्जनी’ । पूर्वीय, शास्त्रीय सङ्गीतका अद्भूत, दिव्य स्वर    संयोजन ।
पश्चिमा शास्त्रीय सङ्गीतमा दिबुसीले, बेला बर्तोकले ‘नक्चन्र्स’ लेखेका छन् । तर सबैभन्दा बेजोड ‘नक्चर्न्स’ शोपांका छन् । भन्न सकिन्छ, मोजार्टका सत्ताइस ‘पियानो कैन्चर्टो’ एकातिर र शोपांका एक्काइस ‘पियानो नक्चन्र्स’ अर्कोतिर । मोजार्ट र शोपांलाई छुट्याएर अवलोकन गर्ने हो भने पियानो नामको वाद्ययन्त्र झण्डैझण्डै गूंगो, लाटो हुन पुग्छ । झण्डैझण्डै यस अर्थमा, किनकि बिथोवनको ‘मूनलाइट सोनाटा’ को पनि उपस्थिति दह्रो गरी स्थापित छ ।
कहिले कुनै निष्पन्द निशा एवम् व्यथित मनस्थितिको संघातमा शोपांको “नक्चर्न इन सी–शार्पमाइनर” श्रवण गरी अनुभव गर्नुस् । वारसा रेडियोबाट ब्लादीष्लाव स्पीलमानले यो धुन बजाइरहँदा हिटलरका सेनाले शहरमाथि बम वर्षा शुरु गरेका थिए । जसकसैले रोमन पोलंस्कीको फिल्म “पियानिष्ट” देखेका छन्, यो कृति सुन्नासाथ इतिहास उनीहरुको आँखामा नर्तन गर्न थाल्छ ।
रात्रिको गहन तिमिरमा ‘नक्चर्न्स’ बारे चर्चा गर्दा यो सम्भव नै हुन्न, हामीमध्ये कसैको मुखबाट हठात् यस्तो अभिव्यक्ति नआओस् ः
अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

‘मेडिटेटिभ टेम्पोमा’ पियानोको यो स्वरलहरी … मलाई त यस्तो लाग्छ, रात्रिरूपी सुकोमल पश्मीनामा एकएक गरी कसैले सिताराहरू उन्दै छ ! साच्चै नै पियानोको सङ्गीत अतीव ‘नक्चर्नल’ हुन्छ ।
साहित्यको यस पटकको नोबेल पुरस्कार विजेता कजुओ इशिगुरोले आफ्नो कथा सङ्ग्रह “नक्चर्न्स” को आवरण पृष्ठमा लेखेका थिएः “फाइभ स्टोरिज अफ म्युजिक एण्ड नाइटफँल” ।
इशिगुरोको साङ्गीतिक क्षेत्रमा पनि दमदार उपस्थिति छ । उनले नोबेल पुरस्कार पाउँदा स्वागत गर्दै चर्चित लेखक सलमान रुश्दीले भने, मेरा प्रिय कथाकार तिमीलाई बधाई । तिमी त गीतकार पनि हौ, गिटार पनि बजाउँछौ, बब डिलन ‘साइड’ लाग !
“नक्चर्न्स” आफ्नो यस पुस्तकबारे चर्चा गर्दै एक पटक इशुगिरोले भनेका थिए, ‘शर्ट स्टोरी कलेक्शन’ शीर्षकले भ्रमित नहुनु होला । भिन्न अवसर, भिन्न मनस्थिति र फरक उद्देश्यले लेखिएका मिश्रित कथाको सङ्ग्रह होइन यो । मैले पुस्तकका सबै कथा योजनापूर्वक लेखेको हुँ । मेरो उद्देश्य नै सङ्गीत र अवसानका बारे पाँचवटा कथा लेख्नु थियो । पाँचवटा, मानौँ सप्तकका पाँच स्वर … ।
‘फाइभ स्टोरिज अफ म्युजिक एण्ड नाइटफल’ । पुस्तकको रचनाधर्मिताका लागि जुन लेखकको ‘थीमेटिक’ आग्रह छ, यसले मलाई मिलान कुन्देराको सम्झना गराउँछ । कुन्देराले आफ्नो उपन्यास ‘द बुक अफ लफ्टर एण्ड फरगेटिङ्ग’ लाई साङ्गीतिक भाषामा ‘वैरिएसन्स अन अ थीम’ भन्ने गर्थे । स्मरण रहोस्, कुन्देरा, कोएट्जी, मुराकामी, इशिगुरो जति ठूला ‘राइटर’ हुन्, त्यति नै ठूला “म्यूजिकोलजिस्ट” पनि हुन् ।
‘नक्चर्न्स’ सङ्ग्रहको एउटा कथा ‘चेलिस्टस’ मा चेलो (वाद्य यन्त्र) बजाउने एक जना पेशेवर युवालाई अमेरिकन महिला भन्छिनः तिमी ‘एमेच्योर (सिकारु) हौ र म वर्चुओसो (निष्णात) हुँ । यो बेग्लै तथ्य हो, मलाई चेलो बजाउन आउँदैन । यो मेरो दोष होइन, यो मेरो नियतिको दोष हो, तर चेलोलाई म तिमी भन्दा बढी बुझ्छु, त्यसैले म स्वयंलाई “वर्चुओसो”  सम्झन्छु् ।
मलाई कथामा अमेरिकन महिलाले भनेको कुराले घत लाग्यो । यो पूर्वाग्रह हो भने पनि यस पूर्वाग्रहमा अनन्त उर्वरता छ । यसलाई सविस्तार बुझ्न तपाईले इशिगुरोलाई पढ्नुका साथै आफ्नो जीवनका अनगिन्ती असफलतालाई सहज स्वीकार्नुपर्ने हुन्छ ।
यस कथा सङ्ग्रहमा पाँचवटा सरल सहज कथा छन् । कथा बिडम्बनाको वर्तनीले सृजित छन्, प्रायः ‘कमिक अण्डरटोन्स’ ले भरिपूर्ण छन् । कहीँकहीँ अवसान बोधको तीव्रता छ । कोही पाठक इशिगुरोलाई पढ्न चाहन्छन भने ‘नक्चर्न्स’ बाट प्रारम्भ गर्नु “बेस्ट च्वाइस” हुनसक्छ ।
(इन्दौर निवासी सुशोभित साहित्य जगत्मा सुपरिचित हस्ताक्षर हुनुहुन्छ । मूल हिन्दीमा लेखिएको यस आलेखलाई ज्ञानमित्रले नेपालीमा रूपान्तर गर्नुभएको हो ।)
Facebook Comments