परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अमेरिकाः पत्रिकामा हमला ५ हताहत

घटनाको प्रकृति चार्ली हेब्दो आक्रमणसँग मिल्दोजुल्दो

संयुक्त राज्य अमेरिकामा बिहीबार एउटा पत्रिकाको कार्यालयमा आतङ्ककारी हमला हुँदा पाँच पत्रकारको ज्यान गएको छ । सन् २००१ सेप्टेम्बर ११ को आतङ्ककारी घटनापछिको पत्रकारिता क्षेत्रको यो सबैभन्दा ठूलो आक्रमण हो ।
अमेरिकाको मेरिल्याण्डस्थित क्यापिटल ग्याजेट नामक पत्रिकाको कार्यालयमा भएको आक्रमणमा यो हताहती भएको हो । क्यापिटल ग्याजेटले यो घटनाको आक्रमणकारी पहिचान भएको जनाएको छ । आक्रमणकारीको नाम ज्यारोड रामोस नामको आक्रमणकारीले के कति कारणले सो पत्रिकामाथि आक्रमण गरेको हो भन्ने खुल्न सकेको छैन । यो पत्रिका अमेरिकाकै पुरानामध्येको एक हो ।

सन् २०११ मा क्यापिटल ग्याजेट पत्रिकामा स्तम्भकार एरिक हार्टलीको लेखबाट आफ्नो गाली बेइज्जती भएको भनी रामोस सन् २०१२ मा क्षतिपूर्ति सहित अदालत गएका थिए । सो लेखमा रामोसलाई आपराधिक क्रियाकलापमा लागेको भनी चित्रण गरिएको थियो ।

सो पत्रिकाका तत्कालीन सम्पादक तथा प्रकाशक थोमस माक्वार्डले आफूहरूलाई रामोसले बारम्बार ज्यान लिने धम्की दिएको विवरण सार्वजनिक गरेका छन् । रामोसले दिने धम्कीबाट आफूहरूलाई क्षति पुग्ने आँकलन गरी प्रहरीलाई समेत जानकारी दिएको तर प्रहरीले समेत यसबारे चासो नराखेको उनले गुनासो गरेका छन् ।

जेरोड रामोसले सटगनबाट आक्रमण गर्नुका साथै पत्रिकाको कार्यालयमा ग्रिनेड समेत पड्काएका थिए । यो घटना निजी ईविबाट भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
यो घटना सन् २०१५ मा फ्रान्समा भएको चार्ली हेब्दो पत्रिकामाथिको आक्रमणसँग मिल्दोजुल्दो देखिन्छ । ७ जनवरी २०१५ मा फ्रान्सको प्रसिद्ध व्यङ्ग्य पत्रिका चार्ली हेब्दोमाथि इस्लामिक धर्मगुरु मोहम्मदमाथि मजाक गरेको भनी चेरिफ कौवाची र सइद कौवाचीले अन्धधुन्द गोली प्रहार गरेका थिए । पत्रिकाको सम्पादकीय बैठक भइरहेका बेला भएको सो आक्रमणमा परी सम्पादक र उनका सहयोगी सहित १२ जनाको ज्यान गएको थियो । सन् २०११ मा सो पत्रिकाले इस्लामिक धर्मगुरु मोहम्मदबारे कार्टून बनाई व्यंग्य गरेदेखि नै पत्रिका इस्लामिक जगतको तारो बनेको थियो ।

 

 

Facebook Comments