परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राष्ट्रिय सभामा गोलाप्रथाः गृहमन्त्रीको कार्यकाल ६ वर्ष, अर्थमन्त्रीको २ वर्ष

४ र ६ वर्षका लागि २०-२० जना सदस्य छानिए भने बाँकी १९ जनाको पदावधि २ वर्षको मात्रै हुने भएको छ । राष्ट्रिय सभामा जम्मा ५९ सदस्य रहन्छन् ।

पहिलोपल्ट राष्ट्रिय सभाको चुनाव भएपछि गोलाप्रथाबाट एक तिहाइ सदस्यको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र अर्को एक तिहाइको ६ वर्षका लागि तोकिने व्यवस्था संविधानको धारा ८६ (३) मा रहेको छ ।

वर्तमान सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका गृहमन्त्री र अर्थमन्त्रीमध्ये अर्थ मन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको मात्रै हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादल भने राष्ट्रिय सभामा पूरै कार्यकाल अर्थात् ६ वर्ष नै रहनुहुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि ६ वर्षकै कायम भएको छ ।

राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका ३९, प्रतिपक्षी कांग्रेसका १३, संघीय समाजवादी फोरम र राजपाका २-२ जना सदस्य छन् । राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

 

 

 

Facebook Comments