परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विश्वकप विजेता टोलीलाई ४ अर्व १० करोड रूपैयाँको पुरस्कार

 

विश्वको सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल बिहिबारदेखि रुसमा सुरु हुदैछ । विश्वकप छनोट पार गरेका विश्वका ३२ देशहरू यसपालिको विश्वकप प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । ३२ ओटा देशहरूलाई ८ ओटा समूहमा विभाजन गरिएको छ

समूह ‘ए’ मा उरुग्वे, साउदी अरेयिबा, रसिया र इजिप्ट छन् । समूह ‘बि’ मा स्पेन, पोर्चुगल, मोरक्को र इरान छन् । समूह ‘सि’ मा पेरु, फ्रान्स, डेनमार्क र अस्ट्रेलिया पर्दछन् । समूह ‘डि’ मा अर्जेन्टिना, नाइजेरिया, आइसल्यान्ड र क्रोएसिया समेटिएका छन् भने समूह ‘इ’ मा स्विट्जरल्यान्ड, सर्बिया, कोस्टारिका र ब्राजिल छन् । समूह ‘एफ’ मा स्विडेन, मेक्सिको, दक्षिण कोरिया र जर्मनी रहेका छन् । समूह ‘जि’ मा ट्युनिसिया, पनामा, इंग्ल्यान्ड र बेल्जियम छन् । र समूह ‘एच’ मा सेनेगल, पोल्यान्ड, जापान, र कोलम्बिया सहभागी छन् ।

३२ देश सहभागी यस संस्करणको प्रतियोगिता आयोजना गर्नका लागि रुसले १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर खर्च गर्दैछ । यो रकम विश्वकप आयोजनामा खर्च भएको अहिलेसम्मकै सर्वाधिक ठूलो रकम हो । यस संस्करणको विश्वकप विजेता फुटबल टोलीले ४ अर्व १० करोड रुपैयाँ बराबरको पुरस्कार राशी जित्ने छ । यसैगरी, उपविजेता टोलीले ३ अर्व २ करोड रुपैयाँ बराबर पुरस्कार राशी हात पार्ने छ । आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार विहिबार राति ८ः४५ बजे सुरु हुनेछ ।

Facebook Comments